युबाहरुको भाबी राजनैतिक दिशा । – Naya Suchana

युबाहरुको भाबी राजनैतिक दिशा ।


आज देश राजनैतिक रुपले अन्यौलग्रस्त र दिशा बिहिन हुँदै जादा कालो बादलमा चादिको घेरा भने झै युबाहरुको राजनिती प्रतिको लगाब र नेतृत्व लिने उत्सुकता पनि ह्वात्तै बढेको छ । यो स्वाभाविक पनि छ । हजुर बुवाले बनाएको घर मेरो बुवालाइ मन परेन । पुरानो घर भत्काएर नया बनायो । छोरालाइ फेरि बुवाले बनाएको घर नमन पर्नु पनि स्वाभाविक नै भयो । किन भने दुनियाँ गतिशिल छ । त्यसरी नै हाम्रो जीवन पनि र हाम्रो सामाजिक जीवन पनि गतिशिल छन । उत्पादनको आधारमा भएको फेरबदलले उपरी सरचना पनि त्यही प्रकारको प्रभाब हाल्ने हुदा यसप्रकारको परिबर्तन सम्भब हुन सकेको हो । तपाइलाइ अझ स्पष्ट पार्नु पर्यो भने यसलाइ उत्पादन आधार अथवा सतह भयो । उपरी सरचना भनेको चाहिँ धर्म सस्कृती दर्शन राजनिती भयो । उत्पादनको साधान भनेको के हो ? कृषि उध्योग र गरि खाने भाडोहरु सबै भए ।

अझै स्पष्ट गरौ ।

हिजो दियालो बाल्ने र गोरु जोतेर खेती किसानी गर्ने हजुर बुवाको बेला मान्छेको सोच्ने चिन्तन सामाजिक ब्याबाहार सस्कृती उसैको पाराको थियो आज त्यही खेतमा ट्याक्टर जोतेर हाइ बृड बिजन लाउने किसान उस्तै किसिमको छ त ? छैन हुन नि सक्दैन । अझ पुरै सिस्टमेटिक उन्नत खेती गर्ने किसानको त तुलना नै गर्न सकिँदैन । उनिहरु सबैको बिचमा खानापान ,पहिरन र घर सम्ममा पनि विशाल अन्तर हुन्छ । मान्छेले जति उत्पादनको साधानलाइ उन्नत बनाउदै लगे उनिहरुको चेतनास्तर मात्रै हैन समग्र क्षेत्रमा बहुआयामिक परिबर्तन हुँदै गए । आज दुनियाँ उत्पादनको साधानको अत्याधुनिक चरणमा पुगेर सम्पन्न बिलासी जिन्दगी गुजारी रहेको अवस्थामा यो देश भने अझै दियालो युगको सदियार बनेर बस्नु परेको छ । मान्छे न हो सबै हेर्छन बुझ्छ्न आफ्नो पनि त्यस्तै भए हुन्थ्यो भन्ने लाग्नु अपराध त हुँदै हैन । अझ त्यो लालसालाइ सन्चार र प्रबितिले उच्चास्तरमा बिकास गरि दिएकाछन । तर यो देशको हालत हेर्दा एसियाको सोमालिय भन्दा नि फरक नपर्ने खाले छ । मान्छे स्वभावले नै जिज्ञासु हुन्छन नै । अब मान्छेले कारणको खोजी गरे । यो देशको राजनितिमा कुनै पनि दर्शन वाद र सिद्धान्त बोकेका किन नहुन तिनको खोपडी भित्र जबर्जस्त बसेको सामान्तबाद जातिय एकाधिकारबाद र फासीबादले नै यो देश बर्बाद गरेको हो भन्ने आज सबैले बुझे । यसप्रकारको अघिल्लो पुस्ताले देश सम्हालेको छ तिनको दिमागमा इतिहासमा यो देशलाइ यति निर्धन यति निरीह बनाउने त्यो सामान्तबादका मसान सवार छन ती आत्महरु नसेलाए सम्म यो देश बन्दैन भन्ने सबैले बुझेका छन । तर ती बूढो पङती राजनितिबाट जाने त कुरा नगरौ । जोड जोडले देश बर्बाद गर्न बुल्डोजर चलाइ रहेकाछन । आज युबा पङतिको आक्रोश चुलिएको छन र आफै राजनितिक नेतृत्व लिने बेताब इच्छा जाहेर गरिरहेको छन ती इच्छा र आकक्ष आज सडकमा र सामाजिक सन्जालमा पोखिरहेका छ्न।

अब जाने कहाँ पुग्ने कसरी ?

केही साथिहरु अचेल यो देशको बाहुन क्षेत्रीमा दोष देख्छन । र ती जातको सफाय गर्नुमा नै यो देशको भलाइ देख्छन । त्यो मलाइ सहि लाग्दैन । बाहुन क्षेत्रीमा हैन समस्य ब्राह्मणबादमा छ।कि ब्राह्मणवाद भित्रको अचली लाग्ने सास्क्रुतिक तिनका रुख बदल्नु पर्छ । कि समयले बदल्छ । आफै मात्र शक्ति केन्द्रमा बस्नु पर्छ र दुनियालाइ हावा गफ दिएर तिकडम गरेर लुट्नु पर्छ र आयासी जुनि गुजार्नु पर्छ भन्ने जुन मनोबिज्ञान छ आफू भन्दा अरु निच देख्ने जुन नजरिया छ । यस्ता तामाम मानबता बिरोधी चिजलाइ आफू भित्र समेटेर राख्दा सम्म ती जात र बर्गको प्रगती आजको मिति सम्म भए होलान भाबी दिनमा हुने छैन । जसले जहरको डबका रित्याउछ त्यही नै त उपर पदारिने होला नि कि अर्को पदारिन्छ ? तर एउटा सत्य कुरा के हो भने यो देशमा कुनै जातिको बहुमत छैन । जस्तो चिनमा हानहरुको छ जस्तो पकिस्तानमा मुस्लिमको छ जस्तो इन्डियाना हिन्दुहरुको छ । भोलि राई सतामा पुग्दा लिम्बुले बिद्रोह गर्दैन भन्ने ग्यारेन्टी के छ ? भोलि गुरुङ्ग सतामा पुग्दा तामाङ्ग्ले बिद्रोह गर्दैन भन्ने के ग्यारेन्टी छ । अलि शेर्पाहरु र अरु जातिहरुले लौ खाउ बाबू मोज गर भनेन भने के गर्ने ? रुवाण्डको आमानबिय तुत्सी हुतुको कहली लाग्दो जातिय नरसहार ब्योहोर्ने ?आर्थिक मुद्वाहरु सल्ट्याउन सकिन्छ तर जात जात बिचको घृणा र द्वन्द्वले अनान्त कालको लागि रक्तापात ल्याउन सक्छ । त्यो दिशा गलत छ । यसै पनि जातियता साम्राज्यवादिहरुको कुनै देश सक्याउने बर्बाद गर्ने अचुक हतियार नै हो ।

खाल्डो देख्दा देख्दा देख्दै किन हाम फाल्नु ?

हुनता अचेल कम्युनिस्ट राजनितिको गाडापन यसै पनि फिक्का हुँदै गएको छ । त्यो भन्दा नि अझ भन्ने हो भने कम्युनिस्ट पार्टी दिशा बिहिन भएर कता कतिखेर सकिने हो आफैलाइ पता छैन । त्यो अलग कुरा भए आजको युबाहरु आर्थिक रुपले सम्पन्न हुन त चाहान्छ नै त्यति नै स्वतन्त्र भएर पनि जिउन चाहान्छ । सायद नेपाली युबाहरुले कम्युनिस्ट अधिनायकत्व र कडा अनुशासन थेक्न सक्दैन र त्यो देशको लागि फलदायी पनि छैन । नक्कली भनिने कम्युनिस्ट सरकार यति निर्मम हुन्छ । यति धेरै मान्छे कराउदा सुनुवाइ हुन्न सक्कली नै आए चाहिँ के होला ? बोल्न साथ जेल यातना र गोलि खाने दिन आए के गर्नु हुन्छ ? तपाइलाइ थाहा छ ? सोभियत संघ विघटन हुदा रुसको तमाम श्रोत साधान जम्म एघार जान धनड्याको हातमा पुगेको थियो दुनियाँमा नै कतै फिट नखाने यस्तो बाटोमा युबाहरुले हिडेर हुन्छ ? बिल्कुल यो गलत हुन्छ ।

यो दोश्रो खाल्डो हो यता नि नजाम है भन्न चाहान्छु ।

अब राजतन्त्र फर्काउने र साना साना पार्टीमा बसेर समय बर्बाद गरेर पनि अर्थ छैन । दुलोमा बसेर चिच्याएर सुन्दैन सुने पनि पत्याउदैन । मान्छेले पत्याउदा पनि आफू सङ्ग गर्ने न श्रोत न साधान न जनशक्ति । यस्ता पार्टीहरुमा लागेर आजिबन शक्ति सन्चय गर्न लागेर कालो कपाल सेतो बनाएर मकै भटमास गर्याम गर्याम घरै हल्लिने गरि चपाएका मान्छेहरुको दन्ता बिनास हुदा पनि आफू समाज र देश बदल्न नसकेका धेरै मान्छे सङ्ग सङ्गत गरेर उसको दयनिय हालातमा आँसु बगाएर आएको जिउदो सबुत त म छदैछ । ती जोगि कम्पनिको अर्ति उपदेश आशीर्वादले आज सम्म म जोगि नै छु । मलाइ हेर्दा नि भयो ।जिन्दगी भरी कहिल्यै गर्न नसकिने शक्ति सन्चयको लागि लागेर भोलि परिवारको छिछी दुर दुर खादा थाप्लोमा हात राखेर रुन रहर गरेर नि हुन्छ ? नचाहिने कुरा ।

अब बेशी तिर लागौ ।

मैले नेपाली काङ्ग्रेस भएको तीन बर्ष ट्वाक्कै कार्तिक दस गते पुग्छ । मैले यहाँ आएर बुझे नेपाली काङ्ग्रेस सङ्ग कहिल्यै नबदलिने नाम छ । चुनाब चिन्ह छ अझ त्यो भन्दा महत्वपुर्ण कुरो कहिल्यै नबदलिने लोकतान्त्रिक समाजबाद भनिने बिचार छ अझ त्यो भन्दा नि महत्वपुर्ण कुरो ऐतिहासिक राजनितिक पुजि छ । अझ यहाँ बोल्न लेख्न र आफ्नो बिचार स्पष्ट राख्न पाइन्छ । अझ त्यो बिचार र योजना अनुरुप आफ्नो समूह बनाएर लडन पाइन्छ । नेता हुने नै मन भए आफू अगाडि तयारी सहित अगाडि बढे भै हाल्यो । यता कम्युनिस्ट पार्टीमा जस्तो टिको टालो गरेर आफ्नो हनुमान नेता बनाउने हैन बकाइदा चुनाब लडेर नेता हुने हो । सबै नेता हुन नसक्ला प्रतिस्पर्धामा कोहि अगाडि कोहि पछाडी हुनु स्वाभाविक नै हो नि प्रतिस्पर्धात्मक राजनितिमा जन्मन साथ राजा त हुने हैन होला ।याबत चिजलाइ म नेपाली काङ्ग्रेसको राजनैतिक र साङ्गाठानिक सौन्दर्य नै भन्न रुचाउछु । युवाहरुको सपना फल्ने फुल्ने पार्यबरण सहितको धरातल यो भन्दा अरु हुनै सक्दैन ।

मलाइ केही साथिहरु जो काङ्ग्रेस बाट अन्त लागे वा निष्क्रिय बसे उहाहरुले भन्नू भो हामी पनि अघौची काङ्ग्रेस भोगेर आएको हो । मलाइ लाग्छ उहाँ काङ्ग्रेस बन्नु भो केही पाएन फर्किनु भो । काङ्ग्रेसको बिचार सिद्धान्त र त्यसको उचाइ नाप्नु भएन । बुझ्नु भएन केही निजि आग्राह थियो होला पूरा भएन होला असन्तुष्ट हुनु भो जानू भो । तर गम्भीर भएर तपाइले बुझ्नु हुन्छ भने सैद्धान्तिक रुपले देश बनाउने बिचार सबैलाइ अटाउन सक्ने सङ्गठनात्मक पद्धति र क्षमता अनुसार बिकास हुन सक्ने पार्टी भनेको नै नेपाली काङ्ग्रेस हो ।

कतिले भन्छन । नेपाली काङ्ग्रेसमा खाली पैसा हुने मात्र नेता हुन्छ । त्यो पनि सहि हो । हैन पैसा नहुनु पनि असक्षमता नै हो नि । पैसा चाहिन्छ भनेर बुझे पछिआउदा त्यो पनि लिएर आए भै गो । माक्सले तीन ओटा यामानको ठेली लेख्यो । ती किताब पुजिको बारेमा थियो । लभलेटर त थिएन । जिबनको हरपल चाहिने चिज नभए पछि त्यो असक्षमता मात्र भएन दुर्घटना नै हो नि ।

थाहा छ असक्षमलाइ बाच्न प्रकृतिले छुट दिदैन र चेतनशिल मानव समाजमा त बिना क्षमता अरु भन्दा अब्बल हुने छुट लु त हजुर गरि खाउ भनेर कसले टक्राउछ ? यस्तै हो भने म उहिल्यै मन्त्री हुनुपर्ने । खाटी कुरा यो हो ।

बाटो देखाइ दिए हिड्ने न हिड्ने हजुरको मर्जी ।

धन्यवाद ।

नबिन लामाकाे फेसबुक बाट जस्ताकाे तस्तै


Leave a Reply

Your email address will not be published.