पोखरामा कोरोनाका कारण पुरुषको निधन, गण्डकीमा बिहानै दुई मृत्यु पुष्टि – Naya Suchana

पोखरामा कोरोनाका कारण पुरुषको निधन, गण्डकीमा बिहानै दुई मृत्यु पुष्टि


गण्डकी प्रदेशमा  कोरोनाबाट थप दुई  पुरुषको मृत्यु भएको छ ।

म्याग्दी धौलागिरी गाउँपालिका घर भएका ८५ वर्षीय पुरुषको कोरोनाका कारण पोखरामा मृत्यु भएको छ ।असोज २९ गते कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका उनको कात्तिक ४ गते उपचारका क्रममा मृत्यु भएको हो ।

नवलपुर गैंडाकोट-७ का ५० बर्षीय पुरुषको मिति मंगलबार बिहान ९:५६ बजे चितवन मेडिकल कलेज चितवनको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको निर्देशक डा. शर्माले जानकारी बताउनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।