विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार नाघ्यो, ५ करोड ६५ लाख संक्रमित – Naya Suchana

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार नाघ्यो, ५ करोड ६५ लाख संक्रमित


विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै हालसम्म कै धेरै १० हजार ९६९ जनाको मृत्यु भएसँगै मृतक संख्या १३ लाख ५४ हजार ५५२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ११ हजार ७४ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वमा संक्रमितको संख्या ५ करोड ६५ लाख ५४ हजार ९१३ पुगेको छ । संक्रमित मध्ये ३ करोड ९३ लाख ४८ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमित संख्या १ करोड १८ लाख ७३ हजार ७२७ पुगेको छ भने ७१ लाख ६६ हजार ९९६ जना संक्रमणमुक्त भएका छन्।

दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ ।

त्यहाँ संक्रमितको संख्या ८९ लाख ५८ हजार १४३ पुगेको छ भने अहिलेसम्म ८३ लाख ८१ हजार ७७० जना संक्रमणमुक्त भएका छन् ।