आज मंसिर ११ गते बिहिबारको राशिफल पढ्नुहोस् । आज यी राशी लाई मिल्नेछ सफलत।ॐॐ❣️ॐ – Naya Suchana

आज मंसिर ११ गते बिहिबारको राशिफल पढ्नुहोस् । आज यी राशी लाई मिल्नेछ सफलत।ॐॐ❣️ॐ


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समाजमा राम्रा काम गर्न सकिने हुनाले मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कष्ट भावमा गोचन गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । माया प्रेम, मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खाद्यान्न तथा औषधिजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आँटले गर्नाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आफन्तबाट सुखद समाचार सुन्न पाईने हुनाले दिन उत्साहपूर्वक बित्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । लेखन शैलीको विकास हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ ।