तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं ! – Naya Suchana

तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं !


तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !यो पनि पढ्नुस :

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

अन्य जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको छ।जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।’पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकषिर्त तुल्याएका छन्’।
***** भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस ******

स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा जुरिक नै हो ।यहाँको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ तर भौतिक पूर्वाधारको अभावले समस्या उत्पन्न गराएको छ’।भौगोलिक तथा शैक्षिक अध्ययन-अनुसन्धानका लागि जिरी प्राविधिक शिक्षालय उपयुक्त गन्तव्य हो। धेरै टाढा-टाढाका विद्यार्थीहरू यो शिक्षालयमा आइपुग्छन्। पर्याप्त भौतिक पूर्वाधार एवं गुणस्तरीय शैक्षिक स्तरका कारण धेरै विद्यार्थीको मन यो शिक्षालयले खिचेको छ’।
***** भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस ******

जिरी पुग्ने प्रायः पर्यटक पैदल यात्रा गर्न रुचाउँछन् । हिमाली गाईको दूधबाट बनेको चीज पनि यहाँको विशेषता हो । जिरेलको संस्कृति बुझ्न र हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी उपयुक्त गन्तव्य बन्दैछ’।विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ’ ।

अन्य समाचार बालिका माथि नराम्रो काम गर्ने एक युवकलाई स्थानियले कालो मो’सो द’लेका छन् । रुपन्देहीमा वडा अध्यक्षकै उपस्थितिमा एक युवालाई कालो मो’सो द’लेर गाउँ घुमाइएको छ । गाउँकै १० वर्षकी बालिकालाई उ’च्छृ’ङ्’खल गतिविधि गरेको भन्दै स्थानियले यस्तो स’जाय दि’एको हो । बालिका माथि नराम्रो नजर राख्ने युवालाई कालो मो’सो द’लेर गाउँ परिक्रमा गराइएको स्थानीय बासिन्दाले जनाएका छन् ।

सम्मरीमाई गाउँपालिका–६ पचपेडवा गाउँमा १० वर्षीया बालिकालाई उ’च्छृ’ङ्’खल गतिविधिका साथ जि’स्क्या’एको भन्दै स्थानीय २२ वर्षीय बब्लु केवटलाई यस्तो स’जाय दिइएको हो । उनलाई वडा अध्यक्ष सत्यनारायण केवट नेतृत्वको समूहले शा’री’रिक या’त’ना पश्चात कालो मो’सो द’लेर गाउँ परिक्रमा गराएको जनाइएको छ । प्रहरीले आफूहरुमा उजुरी नआएको बताएको छ । उजुरी आएमा संलग्नलाई कारवाही हुने प्रहरीले जनाएको छ ।

अन्य अन्य समाचार, कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ ।देवताका पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।
***** भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस ******

स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ । प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतका केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ-
***** भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस ******

चार धर्मको तीर्थस्थल

कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो ।तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए । कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।

नदीहरुको उद्गमस्थल

नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् ।कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

डमरु र ॐ को आवज

कैलाश पर्वत या मानसरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।

यति मानवको रहस्यः

हिमालयवासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हिम मानव पनि भन्छन् । यो धारणा समेत राखिन्छ कि यति मानवले मान्छेलाई मारेर खान्छ । केही वैज्ञानिकहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञानिकहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मानव हुन्छन् ।

दुई रहस्यमयी ताल

यहाँ २ रहस्यमयी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानसरोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जसलाई सूर्यसमान मानिन्छ । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानिदैन । यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सकारात्मक र नकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ ।
***** भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस ******

अन्य समाचार, दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगा डी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपल ब्धि गरेपनि, हामी लाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देश हरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।
***** भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस ******

प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएर बङगला देशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सब लाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशी मुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।

सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।

हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्।

ईमे दुख्ख निरोध गामीनी पतिपदा। यो दुखलाई जरैबाट उखेल्ने बाटो हो। सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति। अति अनुशासित ब्यक्ति, सारा दुखबाट पार हुन्छ। दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं। दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।

शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुट कारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

बुद्दले आफ्नो जिन्दगिको ४८ बर्ष दुखको ज्ञान र त्यसको बिनाषको बाटोको शिक्षा दिएर बिताउनु भयो। ४८ बर्षमा बुद्धले ८४,००० वटा उपदेशहरु दिनु भयो। तिनीहरुको सारंश अनेक प्रकारले ब्यक्त गर्न सकिन्छ, त्यो मध्य एक हो “दशा”।

वुद्दको जन्मभुमी नेपालका अधिकांस बासिन्धाहरु आजपनि, दुख, आपदा, बिपदा पर्दा भन्ने गर्छन – मेरो त दशा खराब रहेछ। अथबा, मेरो त दशा बिग्रेको रहेछ। सुगाले गीत गाए जस्तै प्रायजस्तो सबैलाई दशाको अर्थभने थाह हुदैन। के हो त आखिरमा दशा? दशा बुद्धको शिक्षाको सारंस हो। दशा हाम्रा पुर्वजहरुको आबिश्कार हो। बुद्ध दशालाई यसरी लय हालेर गाउनु हुन्थ्यो, ताकी लेखन पढ्न नजान्ने त्यो जमानाका मान्छेहरु कन्ठस्थ गरेर याद गर्न सकुन।

उपरोक्त दश गुणहरु नै नेपालीले भन्ने गरेका “दशा” हुन र तिनीहरको निरन्तर अभ्यास नै, बुद्दको र ऋषिमुनिहरुको शिक्षा हो। यी दश गुणहरु जति जति परिपुष्ठ हुन थाल्छन, त्यति, त्यति दुख्ख नास हुदै मनमा सुख उत्पन्न हुन थाल्छ। सास्त्रको अध्यायन गरेर बिद्बान कहलिने हाम्रो समाजले यो बुझ्न आबस्यक छकी, कुनै चिजको बारेमा पढेर, सुनेर बिद्वान बनिदैन, ताकी त्यो बिषयको प्रयोग गरेर त्यसमा पारंगत प्राप्त गरेर बिद्वान बनिन्छ। त्यसैले उपरोक्त दश गुणहरु थाहा पाउनुले कसैलाई बिद्वान बनाउदैन, कसैलाई ज्ञानी बनाउदैन। ति गुणहरुको अभ्यासले जीबनमा सकारात्मक परिबर्तन ल्याउछ र अभ्यास गर्ने ब्याक्तिलाई आफ्नो अनुभब बाट केहि सिकाउछ, त्यहि साँचो ज्ञान हो। यी दशवटा गुणको अभ्याश गर्दै जादा, यी गुणहरु परिपक्क हुदै। जति जति यी गुणहरु परिपक्क हुदै जान्छन जिन्दगीमा पुर्णता आएको अनुभब हुन्छ, अर्थात दुखहरु कम हुदै गएको अनुभब हुन्छ। यी दश गुणहरु को पुष्ठता दुखको सागरबाट पार गराउने भएकोले यिनीहरुलाई दश पारमिता पनि भनिन्छ।

यी दश गुणहरु मध्य आज म पहिलो गुणको अभ्यासको बारेमा भन्ने छु।

आज पनि हाम्रो समाजमा दुख पर्दा, समस्या पर्दा, दशा लागे अथवा दशा बिग्रे भनेर दशा सपार्न दान गर्ने चलन छ। दाल, चावल, तरकारी, पैसा आदी ब्रम्हाणलाई दिनुलाई दान भनिन्छ। कोहि मुर्खहरु त कालो बोका काटेर दशा सपार्न खोज्छन। हामीले आज दानलाई एक कर्मकाण्ड बनाएका छौ। दानको साधारण अर्थहो दिनु। प्राचिन कालमा ब्रह्माण, श्रमणहरु सम्पति प्रति लालच नभएका ज्ञानी हुन्थे र गृहस्थहरुले उनिहरुलाई बोलाएर खाना, लुगा आदी दिन्थे। आज हामीले त्यहि चलनलाई एक सामाजिक, धार्मिक दम्भ बनाएका छौ। यो बैज्ञानिक युगमा खुला दिमाखले सोच्नु पर्ने समाय आएको छ। खराब समय आउदा बुझ्दै नबुझ्ने भाषामा मन्त्र पढेर, दाल चामल, पैशा आदी बस्तुहरु पुजारीलाई दिएर राम्रो समयको आशा गर्नु एक अन्धविश्वास बाहेक केही हुन सक्दैन। अझै दानको नाममा बोका काट्नु भनेको त दुखेको घाऊलाई आगोले पोलेर ठिक गर्न खोज्नु जस्तो हो।

दिनु (दान) एक बैज्ञानिक अभ्यास हो। आज बैज्ञानिक हरुले प्रमाणित गरिसकेका छन कि दिनाले जीबनमा सकारात्मक परिबर्तन ल्याउछ। दिने मानिस को सुख बढ्छ। कति दिन्छ भन्ने कुरा महत्बपुर्ण हुदैन, कस्तो मनले दिन्छ भन्नेकुरा महत्बपुर्ण हुन्छ। युनिभर्सिटी अफ बृटिस कोलम्बिया र अन्य युनिभर्सिटीको सामुहिक अध्यायन बाट आज बैज्ञानिकहरुले प्रमाणित गरेका छन की दानले जीबनमा खुसी ल्याउछ भन्ने कुरा। धेरै जानकारीको लागी तलको वेबसाइट हेर्नुहोस।

साधारण तया पनि खुला ह्रदयले दिने मान्छेलाई सबैले मन पराउछन्, कन्जुसलाई सायदै कसैले मन पराउलान। के तपाईले कहिल्यै दानको अभ्यास गर्नु भएको छ? मैले त बुद्दको शिक्षाको बारेमा जान्नु अधि त्यसको अभ्यास गर्ने गरेको थिएन, यद्दपि मैले सुनेको थिए दान दिनु राम्रो हो भन्ने कुरा।

म समय समयमा दानको अभ्यास गर्छु। आफ्नो क्षमताअनुशार आबश्यकता भएको ब्यक्ति वा संग्थालाई म खुसी मनले दिने गर्छु। दानको अभ्यासले मलाई प्रसन्नता दिन्छ। पुण्यमे कतन्ती नन्दती (आहा मैलेत पुञ्य गरेको छु) भन्ने सोचेर मन आनन्दित हुन्छ। यो मेरो प्रत्यक्ष अनुभव हो। मैले दान दिने रकम मेरो आए र आर्थिक स्थितीको तुलनामा गन्य भएपनि, त्यसले मेरो जीबनमा कुनै नकारात्मक असर पारेको मलाई अनुभब छैन, यो मेरो दोस्रो प्रत्यक्ष अनुभव हो। अर्थात, आफ्नो सम्पतिको केही अंश राम्रो कारणको लागी दिदा तत्काल केही गुमेजस्तो लागेपनि यथार्तमा त्यसले जीबनमा धेरै ठुलो सुपरिणाम ल्याएको हुन्छ। अत: हामीले दान गर्दा केही गुमाएको जस्तो लागेपनि यथार्थमा लाभ बढी पाइराखेका हुन्छौ। आखिर जिन्दगीमा सम्पती २ + २ ‍= ४ जस्तो अर्थमीतीको सुत्रले जोड्न सकिदैन, सम्पती जोड्न पनि दशा को प्रमुख भुमिका हुन्छ।

दिदा खेरी जान्नुपर्ने एक महत्वपुर्ण कुरा के हो भने, मनको स्थिती। दान दिदा लोभयुक्त मनले दिनु हुदैन। किन? किनकी यदि केहि पाउने आशामा दिन दियौ भने दानको आधारमा हामी ब्यापार गरिरहेका हुन्छौ। हामी दानलाई लगानीको रुपमा हेरी रहेका हुन्छौ। शुद्द दानले मनको लोभलाई कम गरिदिन्छ। खासगरी दान गरिन्छ नै मनको लोभ हटाएर मनमा उदारता भर्न। लोभ रुपि मैल लाई मनबाट हटाएर, अलोभ (उदारता) रुपि रत्न मनमा जड्न दान गरिन्छ। लोभ किन हटाउने? किनकी लोभ मनको नकारात्मक स्थिती हो जसले दुख बढाउछ। अलोभ (उदारता) किन बढाउने? अलोभ मनको सकारात्मक स्थिती हो जसले दुख हटाउछ र सुख बढाउछ, प्रसन्नता बढाउछ; यो कुरा बैज्ञानिक रुपमा प्रमाणित भएको माथी उल्लेख गरिसकेको छु। दानको अभ्यास लोभ घटाउन गरिन्छ। एक बुद्दिबान ब्यक्ति दानको सतपरिणामलाई याद गरेर दिनु र लोभ युक्त मनले दिनुमा सजिलै फरक छुट्टाउन सक्छ।

कतिले मान सम्मानको लोभले दान गर्छन। कतिले आफ्नो प्रभाब बढाउन दान गर्छन। कतिले भविश्यमा फल पाउने लोभले लगानिको रुपमा दान गर्छन; तर त्यो दान बढि लाभदायि हुन्छ जो मन निर्मल गर्न को लागी गरिन्छ। किन?

चेतसिकं अहं कम्मं बदामी

म मनको स्थितीलाई कर्म भन्छु।

-बुद्द

किनकी कर्म मनको स्थिती हो, कस्तो मनको स्थिती छ, फल त्यस्तै आउछ। फल दानको हैन, फल कर्मको आउछ, र कर्म भनेको मनको चेतना हो। म फेरी भन्छु, जोड दिएर भन्छु, फल कर्मको आउछ, कर्म भनेको मनको स्थिती हो। प्रतिफलको आशा नगरेर दिदा मनमा निर्लोभता हुन्छ, निर्लोभता सतकर्म हो र त्यसले सुपरिणाम ल्याउछ। प्रतिफलको आशागरेर दिदा मन लोभयुक्त हुन्छ, लोभ दुश्कर्म हो, जसले दुष्परिणाम ल्याउछ।

दान कस्लाई दिने?

हामीले दिएको सम्पतिको सहि उपयोग होस; यो सम्पती ले कसैको उद्दार गरोस भन्ने हेतुले, सम्पतिको सहि उपयोग हुने ठाउमा दान गर्नु पर्छ। एकदिन मैले एक दिन एक मान्छेले मागिरहेको देखे र उसलाई केहि पैशा दिए। मेरो साथीले मलाई भन्यो त्यो माग्नेले मैले दिएको पैसाले शायद गाँजा किन्ने छ। मैले भने मेरो चित्तले त पुण्य गरीसकेको छ। मैले उसलाई गरीब, भोको मानेर करुण चित्तले खाना किन्न दिए। मैले जानिजानी गाँजा किन्ने मान्छेलाई गाँजा किन्न दिएको भए, दानको परिणाम राम्रो अबस्य हुने थिएन होला। किन? किनकी भोजन किन्न दान दिने मन करुणा ले भरिएको हुन्छ भने गाँजा किन्न दान दिने मनमा करुणा हुन सक्दैन। त्यसैले गाँजा किन्न दिने दान र भोजन किन्न दिने दानको परिणाम अलग आउनु प्राकृतिक हो। अझ यहाँ पनि चित्तको चेतना नै महत्वपुर्ण हुन्छ। जानी जानी गाँजाको लागी दान गर्ने मन सकारात्मक हुन सक्दैन र त्यसतो नकारात्मक मन सत्कर्म बनाउन सक्दैन। भोको मान्छेलाई भोजन दिनखोनज्ने मन सकारात्मक मन हो र त्यसले सत्कर्म बनाउछ।

त्यतिमात्र हैन दान कसलाई दियो भन्ने कुरा पनि महत्ब पुर्ण हुन्छ? एक गुणीलाई दान दिनु र अबगुणीलाई दान दिनुमा पनि फरक हुन्छ। किन? किनकी गुणीलाई दान दिदा मन गुणप्रति श्रद्दावान हुन्छ, गुणलाई महत्तो दिएर दान गर्छ, त्यसतो मन सकारात्मक हो। अबगुणीलाई दान दिने मन अबगुणप्रति श्रद्दावान हुन्छ, अबगुणलाई प्राथमीकता दिन्छ, त्यसतो मन नकारात्मक मन हो। अत: आफ्नो सम्पति दिदैमा दानले दशा सपार्दैन। त्यसमा मनको ठुलो संलग्नता हुन आबस्यक छ; त्यसलाई ज्ञान भनिन्छ जुन माथी उल्लेखित चौथो गुण हो।

समय समयमा प्राकृतिक प्रकोपहरूले लाखौ करोडौ मान्छेहरुलाई प्रभाबित गरिरहेका हुन्छन। हजारौ लाखौले आफ्ना प्रियजनहरू गुमाउछन। धेरै दुखदायी हुन्छ आफ्नो प्रिय ब्याक्तिलाई सधैको लागी गुमाउनु। हजारौ लाखौले आफ्नो सर्वश्ब गुमाउछन। धेरै दुखदायी हुन्छ होला जिन्दगी फेरी सुन्यबाट सुरुगर्न। कामको असुरक्षा त कति मान्छेलाई हृदयघात दिन सक्छ भने, सर्बश्व गुमाउदा हुने दुख अबश्य असहाय हुन्छ होला। यस्ता पिडितहरुको दुखलाई आत्मसात गरेर, उनिहरुलाई दुखको सागरबाट निकाल्न मदत गर्न पाय हुन्थ्यो भन्ने कुरा सोच्ने मन निकै सकारात्मक मन हो। त्यसतो दानमा लोभको स्थान हुदैन।

दशा सपार्न दान दिने चलनः

केहि दिन अघि हाम्रो छिमेकी मुलुक बर्मामा आएको तुफानले दशौ हजार मान्छे मारेर लाखौलाई आफन्तको बिछोडमा रुन छोडेको छ। लाखौले आफ्नो सर्बश्व गुमाएका छन् र लाखौ प्रभाबित भएका छन। तुफान पछिका दिनहरु पिडितहरुको लागी झनै चुनौतिपुर्ण हुनेछन। शुद्द पिउने पानीको अभाबमा लाग्ने रोगहरुले औसधिको अभाबमा ताण्डब नाच गर्ने छन र अझै हजारौ लासहरु दावी गर्न सक्ने छन्। त्यसतै चीनमा गएको भुकम्पले दशौ हजार मारेको छ र लाखोंलाई प्रभावित गरेको छ। आउनुहोस हामी हाम्रो एक दशा सपारौ। आउनुहोस हामी दशमध्य पहिलो गुण दानको अभ्यास गरौ। यस गुणको अभ्यास ले अरु गुणहरु क्रमस: आफै बढ्दै जानेछन किनकी यिनीहरु एक अर्कासंग निकै घनिष्ठ सम्बन्ध राख्छन।

एक साधे सब सधे – एउटाको अभ्यास गर्दा सबैको अभ्यास हुन्छ।

कसरी? कसरी भने सबै दश गुणहरु मनलाई सकारात्मक बनाउने माध्यम हुर र यिनीहरु अन्तरसम्बन्धित छन। जसरी एकहात धुनखोज्दा अर्को हात आफै धोइन्छ, त्यसतै दानको अभ्यास को साथसाथमा बाकी अन्य नौ गुणहरुको पनि बिकास हुन्छ। यसरी दशा सपार्ने काम हुन्छ। जति जति दशा सुध्रदै जान्छन जिन्दगीमा त्यति त्यति सुख बढ्दै जान्छ र हामी नेपालीले मेरो दशा खराब रहेछ, बिग्रेको रहेछ भन्नु पर्ने छैन। त्यसैले आउनुहोस, दशा सुधार्न तिर लागौ।

अन्य समाचार अन्य समाचार, काठमाडौं। ४ वर्षअघि २०१६ मा अफगानिस्तानको काबुलमा भएको विष्फोटमा मारिने नेपालीका आश्रित विधवा र विष्फोटमा बाँच्न सफल नेपाली गरी कूल २० नेपालीले क्यानडा सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका छन् । २०१६ को जून २० मा भएको यो आक्रमणमा त्यहाँ कार्यरत १३ नेपालीले ज्यान गुमाएका थिए । काबुलमा क्यानडाको दूतावासका लागि सुरक्षाको काम गर्ने यी नेपाली सवार बसमा इस्लामिक स्टेटका एक आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेका थिए ।

क्यानडाको सरकारी मिडिया क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार यो आक्रमणमा बाँच्न सफल नेपाली र मारिएका नेपालीका विधवाहरुले मंगलबार क्यानडा सरकारविरुद्ध टोरन्टोमा आन्टारियो सुपेरियर कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गराएका हुन् । यी नेपालीहरुले क्यानडा सरकारमाथि लापरवाहीको आरोप लगाएका छन् । उनीहरुले ती नेपालीलाई काममा लगाउने सब्रे इन्टरनेशनल सेक्युरिटी कम्पनीमाथि निगरानी गर्न क्यानडा सरकार असफल भएको आरोप लगाएका छन् ।

‘यो आक्रमण क्यानडा सरकार र सब्रे इन्टरनेशनल सेक्युरिटीको लापरवाही र नेपाली तथा भारतीय सुरक्षाकर्मीप्रति विभेदपूर्ण व्यवहारको परिणाम थियो’ नेपालीहरुले दायर गरेको अभियोग पत्रमा भनिएको छ ‘ती नेपाली र भारतीय सुरक्षाकर्मीलाई कैयौं किलोमिटर टाढा बस्ने व्यवस्था गरिएको थियो र उनीहरुलाई दैनिक आवतजावतका क्रममा पर्याप्त सुरक्षा उपलब्ध गराइएको थिएन ।’ मुद्दा दर्ता गरिसकेपछि कुनै पनि बाँच्न सफल नेपाली वा मारिनेका परिवारले सार्वजनिक रुपमा केही भनेका छैनन् । बाँच्न सफल २ जना र ४ जना विधवाहरु अनुवादकको सहयोगमा सीबीसीसँग कुरा गर्न राजी भएका छन् ।

ती नेपालीहरुलाई त्यहाँ काममा लगाउने ठेकेदार कम्पनीलाई पनि यही अभियोग लगाइएको छ । मारिने नेपालीका विधवाहरुलाई ३ लाख डलर दिने भनिएकोमा त्यसको केही अंश मात्र दिइएको र बाँच्न सफल नेपालीहरुलाई पनि उपचारको लागि ३ लाख डलर दिने भनिएकोमा ३० हजार डलर मात्र दिइएको उनीहरुले अभियोग पत्रमा उल्लेख गरेका छन् । नेपालीहरुले ती नेपालीलाई दिने भनिएको रकम र दिइएको रकमबीचको फरक क्यानडा सरकारले पूर्ति गर्नुपर्ने र सबै २० जना लाभग्राहीलाई भएको क्षतिको पूर्ति गरिनुपर्ने माग गरेका छन् । उनीहरुले सबैका लागि क्षतिपूर्तिस्वरुप २०.४ मिलियन डलर (करिब २ अर्ब ३९ करोड नेपाली रुपैयाँ) एकमुष्ट रुपमा माग गरेका छन् ।

प्रेम क्षेत्री यो आक्रमणमा बाँच्न सफल एक नेपाली प्रेम क्षेत्री भन्छन् ‘मेरो भाग्यमै यस्तै लेखिएको थियो होला र म बाँचें तर मलाई थाहा छैन यो कसरी सम्भव भयो । मलाई अहिले पनि भित्रबाट म जीवित छैन जस्तो अनुभूति हुन्छ । मैले मेरा साथीहरुलाई मेरो आँखै अगाडि मरेको प्रत्यक्ष देखेको छु । केहीले आफ्नो टाउको त केहीले खुट्टा गुमाएका थिए ।’ पूर्व गोर्खा सैनिक क्षेत्रीले हातमा लञ्चबक्स बोकेर बसतर्फ जाने क्रममा उनको हातबाट लञ्चबक्स खसेपछि उनी बाँचेका थिए । उनी लञ्च बक्स उठाउन केही बेर रोकिनुपरेको थियो । उनले झुकेर लञ्च बक्स उठाउँदै गर्दा विष्फोट भएको थियो ।

काबुलमा क्यानडाको दूतावासका लागि काम गर्ने नेपालीहरुले ८ सय डलरदेखि ११ सय डलरसम्म पारिश्रमिक पाउँथे । ‘उनीहरु हाम्रो देशको सेवा गर्ने क्रममा मारिएका हुन् र उनहिरुलाई पन्छाइएको छ’ उजुरीकर्ता नेपालीको तर्फबाट मुद्दा लड्ने वकिल जो फियोरेन्टेले भने । फियोरेन्टेले यस प्रकारका अन्तर्राष्ट्रिय उत्तरदायित्व सम्बन्धी धेरै केस लडिसकेका छन् । फियोरेन्टेले अगाडि भने ‘हाम्रो सरकारले उनीहरुलाई परित्याग गरेको छ र हामीलाई लाग्छ त्यो अपमानजनक र स्पष्ट भन्दा अस्वीकार्य कुरा हो ।’

सब्रे इन्टरनेशनल सेक्युरिटीका प्रतिनिधिसँग सीबीसीले प्रतिक्रिया लिन खोजेको भए पनि प्रतिनिधि उपलब्ध हुन सकेनन् । कम्पनीको वेबसाइट बन्द गरिएको छ र यसका नेपालसहित विभिन्न देशमा भर्तीको लागि संचालन हुने इमेलहरुमा पठाइएका सन्देशमध्ये केहीको जवाफ आएन र केही फिर्ता आएका छन् । सामान्य रुपमा बुझ्दा सब्रे इन्टरनेशनलले विष्फोटपछि क्यानडा सरकारसँग आफ्नो सम्झौता खारेज गर्यो र क्यानडा सरकारलाई अर्को विकल्प खोज्नुपर्ने स्थितिमा छाडेर भाग्यो । यो कम्पनीले अहिले इराक र अफगानिस्तानमा कानुनी रुपले काम पनि गरिरहेको छैन ।

अदालतको नोटिस दिन सब्रेको ठेगाना खोज्न पनि निकै कठिनाइ भएको वकिल फियोरेन्टेले बताएका छन् । ‘तिनीहरु लुकेको जस्तो देखिएको छ’ फियोरेन्टेले भने ‘यसले यो कम्पनीसँग क्यानडा सरकारले कसरी सम्झौता गर्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।’ सम्झौता गर्ने क्यानडा सरकारको ग्लोबल अफेयर्स विभागलाई गत हप्ता यसबारे सोधिएको थियो । मंगलबार समेत पटक पटक आग्रह गर्दा समेत अधिकारीहरुले कम्पनीको छनोटबारे कुनै प्रश्नको जवाफ दिएनन् ।

मान बहादुर थापा गोर्खाली सैनिकको रुपमा १५ वर्ष बिताएका मान बहादुर थापा पनि यो विष्फोटमा बााच्न सफल भएका थिए । उनको काँधमा अझै पनि बमका छर्रा छन् र यो आक्रमणबारे निकै कम सम्झिन्छन् । थापाका अनुसार उनी घटनाको करिब २ हप्तापछि दिल्लीको एक अस्पतालमा होसमा आएका थिए जहाँ उनले आफूलाई शोकाकूल आफन्तका अनुहारले घेरिएको अवस्थामा पाएका थिए । ‘म रुन्थें’ थापाले सीबीसी न्यूजसँग भने ‘डेढ महिनाको अवधि निकै कठिन थियो । मलाई लाग्थ्यो त्यो कष्टकर अवस्थामा बाँच्नुभन्दा शायद मृत्यु सजिलो हुनथ्यो ।’

थापाका अनुसार दिल्लीमा भारतको लागि क्यानडाको दूतावासका कर्मचारी र स्वयं राजदूतले नियमित रुपमा घाइते सुरक्षाकर्मीहरुसँग काबुलमा रहँदा उनीहरुको खाना, आवास र काम गर्ने स्थितिको बारेमा सोधिरहन्थे तर ती गोर्खालहिरु कम्पनीको नीतिका कारण आफ्नो समस्याबारे बोल्न प्रतिबन्धित थिए । ‘गोर्खालीहरुको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको काममा जाँदा र फर्किंदा सुरक्षाको थियो । पश्चिमाहरु त काबुलमा हतियारबन्द एसयुभी र सैनिकका गाडीका हिँड्ने’ थापाले भने । थापाका अनुसार उनीहरुले १ वर्षदेखि कम्पनीसँग सुरक्षाको कुरा उठाइरहेका थिए तर कम्पनीले वास्ता गरेन ।

नेपाल सरकारले २ वर्षदेखि क्यानडा सरकारसँग ती बाँच्न सफल गोर्खाली र मारिने गोर्खालीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको छ । नेपाल सरकारले उक पटक औपचारिक कूटनैतिक नोट समेत पठायो तर पीडितले कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाली राजनीतिज्ञले सार्वजनिक रुपमै क्यानडामाथि बेवास्ता र गोर्खालकिो सुरक्षामा असफल भएको आरोप लगाएका छन् । तर, क्यानडा सरकारले यस विषयमा केही गरेको छैन । ‘ती सुरक्षाकर्मी र क्यानडा सरकारबीच कुनै रोजगारी सम्झौता छैन । ती गार्डहरुलाई सब्रेले काममा राखेको हो’ तत्कालीन क्यानडाली विदेशमन्त्री स्टेफेन डायोनले विष्फोटको उक महिनापछि एक प्रेस नोटमा भनेका थिए ।

चित्र कुमारी कोइराला चित्र कुमारी कोइराला काबुलमा मारिले गोर्खालीमध्ये एक मधुसुदन कोइरालाकी विधवा हुन् । १७ वर्ष नेपाली सेनामा काम गरेर अवकाश पाएका कोइरालाकी पत्नी चित्रकुमारीले क्यानडा सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएकोप्रति आक्रोशित छिन् । ‘हाम्रो परिवारले उनीहरुको सुरक्षामा काम गरिरहेको थियो’ कोइरालाले भनिन् ‘जब मारिसहरु ड्युटीमा मारिन्छन्, उनीहरुको (क्यानडालीको) कुनै जिम्मेवारी हुँदैन ? उनीहरुले स्वीकार गर्नुपर्छ कि हाम्रा नेपालीहरु उनहिरुको गैरजिम्मेवार व्यवहार र बेवास्ताका कारण मारिएका हुन् । उनहिरुले हाम्रो कुरा सुन्नुपर्छ ।’

नेपाली गोर्खालीहरु विश्वभर आफ्नो बहादुरीका लागि परिचित छन् । उनीहरुले १९ औं शताब्दीदेखि बेलायती सेनामा सेवा गरिरहेका छन् र अहिलेका ‘वार जोन’मा उनीहरु लामो समयसम्म कठिन परिस्थितिका काम गर्नका लागि पहिरो रोजाइमा छन् । कोइरालाले आफ्ना श्रीमानलाई सब्रेको लागि काम नगर्न बिन्ती गरेको बताइन् । यो दम्पतीले यसअघि नै एक छोरा र एक छोरी गुमाएको पीडा झेलिसकेका थिए । २०१५ को भूकम्पमा उनीहरुका दुई सन्तान मारिएका थिए ।

‘उहाँले मलाई छ महिनामा फर्किन्छु भनेर सान्त्वना दिनुभयो’ कोइरालाले भनिन् ‘उहाँले हाम्रो छोरा मारिएको पीर नगर्न सम्झाउनुभयो र जीवनभर मेरो ख्याल राख्ने बाचा गर्नुभयो ।’ अफगानिस्तानमा रहँदा पनि उनका श्रीमानले उनलाई आफू सुरक्षित रहेको र खतरा भनेको १० मिनेटको बाटोको यात्रामा मात्र भएको बताउने गर्थे । उनीहरुको अन्तिम कुराकानीले उनको घाउ बल्झाइरहन्छ । ‘उहाँले भन्नुभएको थियो – सबै भाग्यको खेल हो त्यसैले राम्रो सोच ।’

थप समाचार, यो कथा पुरा पढ्नुहोस्! छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो ।

सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ ।

अनामिका भएको महिनादिनसम्म मेरो हरेक समय संक्रमणकालीन रह्यो । कयौंदिनसम्म त म आधा गारो भत्किएर ढल्न लागेको घरजस्तै कमजोर भएँ । थुपै्र दिनहरु एक्लोपनको भयले असुरक्षित महसुस गर्दै बिते । तिरस्कृत हुनुको पीडाले कयौं रात सुत्न सकिनँ । आफ्नैहरुले काटेका अनेकौं कुरा सुन्दा-सुन्दा टाउको एक मनको ढुंगोले थिचेझैं भयो । आफन्तहरुका त्यस्ता मनगढन्ते कुराहरुबाट आउँने दिनहरुमा छोराछारीलाई कसरी सम्हालौंला भनेर अत्यास लाग्यो । त्योभन्दा बढी त यक्तिका बर्षसम्म ओझेल परेको आफ्नै परिचय अब एकाएक कसरी स्थापित गरुँला भनेर अत्यन्तै पीर लाग्यो ।

यसरी पीरमाथि पीर बोकेर कैयौं दिन आफ्नो नयाँ परिचयका लागि म निकै घोत्लिएँ, हड्बडाएँ अनि डराएँ पनि । तैपनि मसँग समयको गतिसँगै आफुभित्रको डरलाई किनारा लगाउँदै जानुको अर्को विकल्प थिएन । किनकि मैले जीवनको एउटा लामो अध्यायमा पूर्णबिराम लगाइसकेकी थिएँ ।

दोस्रो विकल्प नभेटेपछि मैले बिस्तारै हिजोको लेखाजोखा गर्न छोडेँ र ‘हामी’ बाट ‘म’ मा फर्किनुलाई नै आजसम्मको समग्र उपलब्धी मानेँ । अब मैले त्यही मानार्थ उपलब्धीलाई आधार बनाएर मेरो जीवनको एक नयाँ अध्याय शुरुवात गर्नु थियो । त्यसैले एकमहिना एघार दिन बिरामी बिदा लिएर बसेको जागिरमा ढिलो नगरी फर्किने योजना मनमा बनाएँ ।म अफिस जाने भएँ ।

मनकै मर्जी ! हो, म आज मनकै मर्जीको दह्रो ढलानमाथि उभिएकी थिएँ । त्यही ढलानबाट मैले आफ्नै मनलाई सुनेँ र भर्खरै सरेको घरको सानो कोठाको ठूलो ऐनालाई साक्षी राखेर अफिस जानका लागि तैयार हुन थालेँ । सधैँ ऐना अगाडि उभिँदा आफ्नै बिम्बमा पनि अरु देख्ने मान्छे म, आज केवल आफूलाई मात्र देखिरहेकी थिएँ ।

आज मेरो अनुहारमा कसैलाई खुशी पार्नुपर्ने नियमहरुको जालो लागेको थिएन । अरुको चित्त बुझउँनु पर्ने सिद्धान्तले मेरो श्रृगारलाई निर्देशित गरिरहेको थिएन । आफ्नो सुन्दरताको अनुमोदन कसैबाट गराउँनु पर्ने पनि थिएन । न प्रशंसाको मृगतृष्णामा दगुर्नु थियो न त आलोचनामा दुःखी हुनु थियो । कसैका लागि हार्नु पनि थिएन । जित्नु त झनै थिएन । यस्तो सबैथोकको तटस्थताबिच म केवल अनामिका भएकी थिएँ ।

यस्तै कुराहरु मनमा खेलाउँदै गर्दा मेरो छिट्टो छरितो तैयारी मिलिक्कै सकियो । म घरबाट निस्किएँ ।

जीवनको अत्यन्तै असजिलो समयको खोलभित्र महिनादिनभन्दा बढी एक लार्भाझैं खुम्चिएर बसेकी मान्छे म ! यतिबेला आफ्नै निर्देशनमा आफू हिड्ने बाटो तयार गरेर अफिस जाने बाटोमा हिँडिरहँदा कसोकसो मलाई आफु एक पुतलीमा परिणत भएको अनुभुत भैरहेको थियो ।

“अहो, त्यो फुर्र-फुर्र उड्ने रङ्गीन पुलती ! त्यसका सुन्दर पखेटा र माथिको खुला आकाश !!”

बाटो हिँड्दै गर्दा मेरो मानसपटलमा पुतलीको सुन्दरता, सामथ्र्य र स्वतन्त्रता खेल्न थाले । केटाकेटीमा आमाले पुतली समाएर ल्याउँन अह्राएको पनि संझिएँ । आमालाई बगैँचामा उडिरहने ठुल्ठुला छिर्केमिर्के पुतलीहरुलाई समातेर ल्याई फ्रेमभित्र हालेर घर सजाउँने मन थियो । उनको यस्तो रहर पछाडिको कारण मलाई थाहा थिएन र मैले कहिल्यै त्यो कारण जान्ने प्रयास पनि गरिन । बरु म आमाको त्यो ईच्छा पूरा गर्न हरेक शनिबार दिउँसो पुतली समात्न घरको बगैँचा र स्कूलको चौरतिर साथीहरु जम्मा पारेर निस्कन्थेँ । कयौं घण्टाको अनवरत प्रयासपछि मुश्किलले एउटा दुईटा पुतली समातिन्थे । म ती पुतली लगेर आमाका हातमा दिन्थें । आमा खुशी हुन्थिन् ।

केटाकेटी न परेँ ! त्यसबेला मेरो मस्तिष्कमा आमाको रहर, पुतलीको आकार र रङ्ग बाहेक अरु केही थिएन । एउटा सामान्य लार्भाबाट भएको पुतलीको कायापलटलाई फिटिक्कै बुझेकी थिइनँ मैले । तसर्थः आमालाई खुशी पार्नकै लागि पनि मेरो उद्देश्य सधैं ठुला र चहकिला छिर्केमिर्के रङ्ग भएका पुतलीहरुलाई लखेटी-लखेटी समात्नु हुन्थ्यो ।

परिस्थिति र समय दुवै अलग भएको छ अहिले । आमा बुढी भएकी छन् । उनको पुतली फ्रेममा हालेर घर सजाउँने रहर समाप्त भैसकेको छ । म, जीवनको दोस्रो चरण सकेर तेस्रो चरणतिर उन्मुख छु । भनौं, पुतलीको कायापलटको शिलसिलामा पुरानो शरीर त्यागेर नयाँ शरीरको निर्माण गर्ने सिद्धान्तलाई बुझ्ने भएकी छु । तिनलाई लखेटेर समात्न होइन, तिनको स्वतन्त्र उड्न पाउँने प्राकृतिक हकलाई स-सम्मान स्वीकार्ने पनि भएकी छु ।

पुतलीलाई मैले एक दिनमा बुझेकी कहाँ हो र ! बोटबिरुवाका स-साना पातमा थुपि्रएका डिम्माहरुबाट घिनलाग्दो झुसिल्किरोमा परिणत हुँदै कोकूनको अँध्यारोभित्र बन्दी भएर भुँईमा घिसि्रने झुसिल्किराका सयौं खुट्टा त्यागी संपूर्ण स्वरुपै बदलेर पुतली भई उड्नु सहज कुरा होईन भन्ने बुझ्न मलाई निकै समय लाग्यो । आफ्नो नव निर्माणका लागि बन्दी हुनु परेको कोकूनभित्रको अन्धकारमा पनि अनवरत खटेर सुन्दर पखेटा लिएको पुतली कोकूनबाट बाहिरिन्छ भन्ने त मैले भर्खरै मात्र बुझेकी ।

ढिलोचाँडो जे होस्, म जीवनको यस विन्दुमा आइपुग्दा अनेकौं उतार चढाब झेलेर अघि बढ्न सक्ने पुतलीको अद्भुत क्षमताबाट अत्यन्तै प्रभावित भएकी छु । त्यसैले अन्त्यहीन सम्भाब्यता भएको, जीवन्त खुशी बोकेको, परिवर्तन, रचनात्मकता र अग्रपथको प्रतीक पुतली मेरो मार्गदर्शक बनेको छ ।

हरे ! पुतलीको जीवन खोतल्दा-खोतल्दै अफिस भएको मोड छोडेर निकै अगाडि पुगिसकीछु म । आफ्नै हुस्सुपनसँग लाज मानेर कान राता पार्दै फेरी अफिस पुग्ने बाटोतिर मोडिएँ ।

“ए तपाईं पो !”

रविराजसँग बाटैमा भेट भयो ।

सधैं मेडम नमस्कार भनेर देख्ने बित्तिकै हात जोड्ने रविराजले यसरी ‘तपाईं पो’ भनेर सम्बोधन गर्दा मनमा कताकता चिसो पस्यो ।

“हो ! म नै हो ।”

मैले पनि उसकै पारामा जवाफ फर्काएँ र अगाडि बढेँ । रविराजको कार्यकक्ष तल्लो तलामा र मेरो माथिल्लो तलामा भएकाले उसँग अरु दोहोरो संवाद गर्नुपर्ने जरुरी भएन मलाई । म उसलाई तलै छोडेर आफ्नो कार्यकक्षतिर लागेँ ।

कोठामा पसेपछि चारैकुनामा एक नजर लगाएँ । झ्यालमा झुण्डिएको पर्दादेखि कोठाको ढोकाको भित्री भागतिर कोट र हाते ब्याग झुण्ड्याउने किला, टेबलमाथिका कलम, पेपरवेट, टेबलमुनिको रद्दीको टोकरी, सेवाग्राही बस्ने कुर्सी अनि सिलिङ्गमा झुण्डिएको पंखा सबैथोक उस्तै लागे ! यी सबै-सबैले मलाई पहिलेजस्तै मायालु स्वागत गरे । मेरो स्वागतका लागि ती निर्जीब बस्तुहरुलाई बोलीको आवश्यकता परेन ।