सुन्तला खेतीमा सन्तुष्ट स्याङजाका के सी – Naya Suchana

सुन्तला खेतीमा सन्तुष्ट स्याङजाका के सी


दुइ दिन लगाएर स्याङजा, दम्सिदी बाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो । बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ ।

No description available.
No description available.

“तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो”, बिरूवा गाँउपालिका–१ कार्किडाँडाका तारेन्द्र बहादुर के सी ले भन्नुभयो,

No description available.

“यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।” दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उहाँको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुपर्यो, केही बोटका त हाँगै भाँचिए”, के सी ले नयाँसुचना डट कम सँग भन्नुभयो, “मौसम राम्रो प¥यो, पानी, मल व्यवस्थापन र रेखदेखमा पनि ध्यान दियौँ ।”

No description available.

खड्काले विसं २०५१ मा १०० बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गर्नुभएको थियो । उहाँको बगानमा अहिले नयाँ पुराना गरी ४०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष पाँच टन सुन्तला फलेको के सी ले बताउनुभयो । उहाँका अनुसार सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुन्छ । के सी ले सुन्तला माघ, फागुनमा बेच्दा प्रतिकिलो रु १०० सम्म पर्छ ।