भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनाललाई कोरोना पुष्टी – Naya Suchana

भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनाललाई कोरोना पुष्टी


स्याङजामा रहेको भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनाललाई कोरोना पुष्टी भएको छ । आइतबार आएको रिपोर्टमा नगरप्रमुख खनाललाई कोरोना पुष्टी भएको हो ।

प्रमुख खनालले साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत आँफूमा कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् । आफु होमआइसुलेसनमा पुर्ण सजगतासाथ डक्टरको निगरानीमा रहेको जानकारी दिए ।

कुनै जटिल समस्या नरहेको बताउदै आफुसग बिभिन्न किसिमले नजिक रहनुहुने सबैले स्वास्थ्यअवस्स्था प्रति उच्च सतर्कता अपनाउनु उनले फेसबुक मार्फत अनुरोध गरेका छन् ।